Comments Add Comment

यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु

३१ प्रतिशत आत्महत्या, २६ प्रतिशतको दुर्घटनामा मृत्यु

९ जनवरी, यूएई । एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ ।

सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो ।

मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ ।
मृतकमध्ये आत्महत्या गर्ने ३१ प्रतिशत छन् भने दुर्घटनामा परी मृत्यु हुनेहरु २६ प्रतिशत रहेका छन् ।

नेपाली दूतावास अबुधावीको ४ वर्षको रेकर्ड हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो ।

खाडी मुलुकहरुमध्ये नेपाली कामदारहरुका लागि युएई उपयुक्त मानिदै आएको छ ।

यूएईमा नेपाली कामदारहरुको सरकारी तथ्याङ्क नभएता पनि करिब २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान छ ।
काम गर्ने भिसामा भन्दा भिजिट भिसामा आउनेहरुको संख्या हृवात्तै बढेको छ ।

आफन्तहरुको भिजिट भिसालाई कानुनी वैधानिक रुप दिनका लागि नेपाली राजदूतावास अबुधावीमा मासिक चारसयदेखि पाँच सयसम्म सिफारिस लिन पुगेको दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment