+
+
Shares

रअको एजेन्ट बनाउने भन्दै लाखौं ठगी गर्ने समूह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १७:५३

३० पुस, काठमाडौं । भारतीय गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को एजेन्ट बनाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने समूह पक्राउ परेको छ ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान विभागले रअको एजेन्ट बनाउने भन्दै नेपाली युवाबाट लाखौं रुपैयाँ ठग्ने समूहको ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजविराज घर भइ हाल महाराजगञ्ज बस्दै आएका ४१ वर्षीय रमानन्द नौनिया, दोलखा घर घइ काठमाडौंको मण्डिखटार बस्दै आएका २८ वर्षीय सन्तोष कार्की, ज्ञानेश्वर बस्दै आएका ३० वर्षीय बिनोद कार्की, काभ्रे घर भइ बौद्ध बस्दै आएका ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछाप घर भइ कपन बस्दै आएका २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र महाजगञ्जकी ३२ वर्षीय गिता महर्जन छिन् ।

उनीहरुले राजदुतावासको विभिन्न पदमा जागिर लगाइदिने भन्दै ६० जनासँग प्रति व्यक्ति ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको खुलेको छ ।

पीडितले दिएको उजुरीका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?