Comments Add Comment

फोहरको थुप्रोमा भेटियो नवजात शिशुको शव

८ माघ, गुल्मी । गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेका थिए । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको स्थानीय चिरञ्जीवि ज्ञवालीले जानकारी दिए ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पूर्णरुप भै जन्मेको र नाल नकाटिएको अवस्थामा रहेको बताए ।

घटनाको अनुसन्धान भइरहेको र जन्माएर फाल्ने व्यक्ति पत्ता लागे कडा कारवाही उनले बताए । शिशुको शव इलाका प्रहरी कार्यालय रिडीमा राखिएको र पोष्टमार्टम गरेर स्थानीय जनप्रतिनिधिको रोहवरमा दाहसंस्कार गरीने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment