Comments Add Comment

खग्रास चन्द्रग्रहण, Live हेर्नुस् १५२ वर्षपछिको दुर्लभ दृष्य 

चन्द्रग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर, खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो ।

चन्द्रग्रहण कहाँबाट कसरी हेर्ने ?

साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मूल्य र मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन ।

ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु हुने हुनाले अवलोकन गर्न इच्छुक व्यक्तिहरुले उत्तरपूर्वी दिशामा कुनै अवरोध नभएको स्थानमा बसेर हेरेको खण्डमा चन्द्रोदयको समय अर्थात् साँझ ५ बजेर ३६ मिनेटदेखि नै ग्रहण देख्न सक्नेछन् ।

यसरी सुरु हुने ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ८ बजेर ५६ मिनेटमा सकिन्छ ।

आजको चन्द्रग्रहण के कारणले फरक छ ?

आज हुने खग्रास चन्द्रग्रहण र अन्य समयमा हुने खग्रास चन्द्रग्रहणमा फरक छैन । तर आज चन्द्रग्रहणको साथै सुपरमुन र ब्लु-मुन पनि परेको हुनाले विश्वव्यापी चर्चाको विषय बनेको मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment