+
+
Shares

माथिल्लो कर्णालीको कार्यालयमा बम विस्फोट, तीन जना पक्राउ

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ माघ २८ गते १०:३१

२८ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको हो ।

उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।

कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफुले विस्फोट पछि के भयो केही थाहा नपाएकेा बताएका छन् ।

घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?