+
+

ठमेलबाट सुनको सिक्री लुटेर फरार तेस्रो लिङ्गी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ११ गते १३:४८
फाइल तस्वीर

११ फागुन, काठमाडौं । सुनको सिक्री लुटेर फरार एक तेस्रो लिङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौं–२ बस्दै आएकी २३ बर्षीया सिम्रन गुरुङ छन् ।

उनलाई शुक्रबार महानगरीय प्रहरी वृत, सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं–१७ ढल्कुका अछाम गाजरा–१ का २६ वर्षीय गजेन्द्र खड्काले घाटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर गुरुङ फरार थिइन् ।
थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि ३ फागुनमा नगद लुटपाटमा संलग्न तेस्रोलिङ्गी समूहको एक जनालाई पक्राउ परेको थियो । समूहका ३ जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?