Comments Add Comment

एपेक्स बैंक घोटाला काण्डः नागरिक लगानी कोषका एक कर्मचारी समातिए

४ चैत, काठमाडौं । एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी छन् । उनी तत्कालिन एपेक्स बैंकको सञ्चालक थिए ।

अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

बैंक मर्ज भएपछि उनी लगानी कोषमा काम गर्न थालेका थिए ।

यसअघि घोटालामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।

यो पनि पढ्नुस्

एनसीसी बैंक घोटाला काण्डः सञ्चालक धितालसहित १३ जना पक्राउ (हेर्नुस् सूची)

मर्जर सहमति भएपछि एपेक्सले गरेको बदमासी डेढ वर्षपछि खुल्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment