+
+
Shares

अफ्रिकाको टोगोमा नेपालीलाई ६ महिना बन्धक बनाउने समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १५:२६

३० चैत, काठमाडौं । अमेरिकाको मन्टिपल भिसामा आकर्षक जागिर लगाइदिने भनेर टोगोमा नेपालीलाई बन्धक बनाउने एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–६ का २७ वर्षीय सुरेन भनिने मोहन श्रेष्ठ छन् ।

उनले नेपाली युवालाई मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया र बेनिन हुँदै टोगोमा पुर्‍याएर ६ महिनासम्म होटलमा बन्धक बनाएको आरोप लागेको छ ।

उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत, काठमाडौंबाट मानव बेचबिशन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?