Comments Add Comment

तौल घटाउन सेवन गर्ने खानाले किन दीर्घकालीन रूपमा काम गर्दैन ?

तौल घटाउनका लागि एकदमै थोरै क्यालोरी भएको खाना नियमित रूपमा खाने प्रयास गरेका जो कोहीले पनि यो कुरा भन्न सक्छ कि त्यसले दीर्घकालीन रूपमा काम गर्दैन । अन्तिममा यसरी तौल घटाउने चक्कर धेरैले छोडिदिन्छन् ।

यस बारेमा अध्ययन गरिरहेका अग्रणी ब्रिटिश न्युरोसाइन्टिस्टहरूले यस्तो किन हुन्छ भनेर खुलासा गरेका छन् ।

बेलायतका अग्रणी न्युरोसाइन्टिस्ट डाक्टर जेसन म्याकोनका अनुसार क्यालोरी कम भएका खानेकुराहरू लामो समयसम्म तौल कम गर्ने कुरामा असफल हुन्छन् किनभने हाम्रो मस्तिष्कले त्यसलाई प्रभावित बनाउँछ ।

हाम्रो मस्तिष्कले हाम्रो तौल, मेटाबोलिज्म र भोकको स्तरलाई नियन्त्रण गर्छ । उनले भने, ‘विशेषगरी पछिल्लो पचास वर्षमा भएका अध्ययनहरूले  के देखाएका छन् भने हाइपोथालामस हाम्रा तौलको लागि ‘मिसन कन्ट्रोल’ हो ।’

हाम्रो मस्तिष्कमा हामी कति तौलको हुनुपर्छ र तौल घट्न लागेमा त्यसलाई रोक्ने क्षमता दुवैको प्रस्ट दृश्य हुन्छ । मानिसहरू डाइटिङमा गएर केही निश्चित परिणाममा तौल घटाउन पनि सक्छन् र स्थिर हुन्छ तर धेरैजसो केसमा उनीहरूको तौल फेरि बढ्न सक्छ किनभने मस्तिस्क उनीहरूको नयाँ कम तौलबाट बेखुसी हुन्छ ।

डा म्याकोनले तौल घटाउने काम कागजमा देखेभन्दा धेरै नै गाह्रो काम भएको बताएका छन् किनभने हामी त्यसरी नै प्रोग्रामिङ भएका छौँ ।

हामी सबैसँग एउटा तौलको स्तर हुन्छ जसमा हाम्रो मस्तिष्क खुसी हुन्छ । उनी भन्छन्, ‘यो स्तरलाई धेरै नै कमजोर, धेरै सुगरयुक्त खानाले नकारात्मक रूपमा प्रभाव पार्छ जसले स्तर बढाउन धक्का दिन्छ । लामो समयसम्मको लागि तौल प्रभावित बनाउनका लागि हामीले तौलको स्तर नै रिसेट गर्नुपर्छ । यो हजारौं वर्षदेखिको मानव विकासको प्रक्रियासँग जोडिएको छ ।’

डाक्टर म्याकोनले अहिले न्युरोटेक्नोलोजीमा रिसर्च गरिरहेका छन् जसले मानिसहरूलाई स्वास्थ्यका मुद्दाहरूमा टार्गेट सेट गर्न सहयोग गर्छ । उनी भर्खरै लञ्च भएको मोडिएस (एक खालको हेडसेट)मा काम गरिरहेका छन्, जुन प्रविधिलाई दैनिक आधा घन्टा प्रयोग गरेर दुईदेखि तीन महिनामा तौल घटाउन सकिन्छ ।

‘न्युरोटेक्नोलोजी थोरै साइफाइ जस्तो लाग्छ तर बिस्तारै यसलाई स्वास्थ्य समस्या तय गर्ने साझा मोडालिटीको रूपमा बुझ्दै जान थालिएको छ र म महसुस गर्छु हामी साँच्चै नै रुचिपूर्ण मेडिकल एप्लिकेसनको पहिलो चरणमा छौँ ।’ लण्डनमा आधारित जनरल फिजिसियन डाक्टर मोनाह मन्सुरीले भने ।

‘यसका लागि अझै बढी रिसर्च गर्नुपर्छ र हजारौं मानिसहरूले अहिले नै यो प्रविधि प्रयोग गरेर तौल कम गरेका छन् र म सोच्छु, डाक्टर जेसन र उनको टिमले केही साँच्चै नै चाखलाग्दो कुरा ल्याउँछन्’ उनले भने ।

फ्याट कम गर्न चाहना छ भने सबैभन्दा राम्रो विस्तारै र ढिलो गर्नुहोस् । तौल कम गर्ने सबैभन्दा स्वस्थ परिमाण भनेको हप्तामा एक वा दुई पाउण्ड हो । धेरैजसोले छिटै धेरै तौल कम गर्न चाहन्छन् जुन दीर्घकालीन हुँदैन ।

बिस्तारै तौल कम गर्न अपनाइने प्रक्रियाले स्वस्थ जीवनशैली र खाना खाने दीर्घकालीन बाटोतिर डोर्‍याउँछ । – इन्डिपेन्डेन्ट डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment