Comments Add Comment

लागूऔषधसहित दुई जना समातिए

६ जेठ, काठमाडौं । महागनरीय प्रहरी वृत्त, कमलपोखरीले लागूऔषध एम्पुल ट्याबलेटहरुसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज–२२, विन्दवासिनी टोलका २६ वर्षीय राजनन्दन यादव र सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरका ३२ वर्षीय मुकेशकुमार शाह छन् ।

रत्नपार्क इलाकामा अवैध लागूऔषध बेचबिखन हुन लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट नाइट्राभेज ६०० वटा, डाइजेल्याब ५ सय, नुफिन १३ सय वटा, फेनेरागन २ सय वटा र ल्याबोरेट एम्पुल ५ सय वटा बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

मेडिकलको आडमा प्रतिबन्धित औषधी विक्री

प्रहरीले काठमाडौं–१४, कुलेश्वरमा मेडिकलको आडमा प्रतिबन्धित औषधि विक्री वितरण गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट औषधी पसलका सञ्चालक रामदेव शाह छन् ।

उनले प्रतिबन्धित औषधीहरु अभिलेख नराखी चिकित्सकको प्रेस्क्रिप्सन विना विक्री गर्दै गरेको सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । त्यसक्रममा विभिन्न प्रतिबन्धित औषधि बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment