Comments Add Comment

नेकपा प्रदेश ३ संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल चयन

१३ जेठ, हेटौंडा । प्रदेश ३ मा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन् ।

आइतबार बिहान हेटौंडामा बसेको एकीकृत पार्टीको संसदीय दलको बैठकले पौडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

पौडेललाई दलको नेता चयनका लागि तत्कालिन एमालेका प्रमुख सचेतक रामेश्वर फुयालले प्रस्ताव र तत्कालिन माओवादी केन्ऽका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन गरेका थिए ।

संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका विषयमा सोमबार बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । पौडेल यसअघि नेकपा एमालेका संसदीय दलका नेता थिए ।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले नेकपाले प्रदेश ३ को करिब दुई तिहाई स्थान ओगटेको भन्दै अब प्रदेशको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तैै नेकपाकी सांसद अष्टलक्ष्मी शाक्यले एमाले र माओवादी मिलेर नयाँ पार्टी स्थापना भइसकेको हुँदा अब सबैले एकबद्ध भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा अर्थमन्त्री कैलाश ढुंगेलले सबै सांसदहरुलाई बजेट निर्माणमा ध्यान दिनको लागि आग्रह गर्दै आफ्नो तर्फबाट कम्तीमा दुईवटा योजना ल्याउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment