Comments Add Comment

अपराधको अन्तर्राष्ट्रिय सम्बन्धले मानव अधिकार संरक्षण चुनौतीपूर्ण : गृहमन्त्री थापा


२१ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अपराधको सम्बन्ध नेपालभित्र नभई अन्तर्राष्ट्रियस्तरसम्म फैलिएकाले यसलाई निराकरण गर्नु चुनौतीपूर्ण बनेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयले आयोजना गरेको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी विषयक कार्यक्रममा उनले नेपालभित्रको अपराधको जालो अन्तर्राटि्रयस्तरसम्म फैलिएकाले मानव अधिकार संरक्षणको विषय पनि कठिन बनेको बताएका हुन् ।

आर्थिक रुपमा विश्वका देशहरु अन्तरनिर्भर हुन थालेपछि अपराधको सीमा पनि अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको भन्दै उनले पछिल्लो समय सार्वजनिक भएका तस्करीका घटना यसकै उदाहरण भएको बताए ।

मानव अधिकारको संरक्षणमा नेपाल प्रहरीको भूमिकाको सह्राहना गर्दै गृहम्नत्री वादलले यसमा प्रहरीको भूमिका अझै सशक्त र प्रभावकारी बनाउन सहयोग गर्ने बताए । उनले भने ‘जतिसक्दो ब्यापक रुपमा अपराध नियन्त्रण गर्न सक्यौं ।

त्यति नै मानव अधिकारको संरक्षण हुन्छ ।’ अपराध नियन्त्रण र मानव अधिकार संरक्षणमा प्रहरीलाई सरकारले सहयोग गर्ने पनि उनले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment