+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुन अनुसन्धान समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते २०:२५
साङ्केतिक तस्वीर

१६ साउन, काठमाडौं । नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन अोलीलार्इ बुझाइएको हो  ।

गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार प्रतिवेदनमा नेपालमा भइरहेको संगठित सुन तस्करी, सनम शाक्यको हत्याबारे घटना विवरण, तथ्य र सुझावलाई समेटिएको छ ।

सरकारले संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप गत १९ चैतमा गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले अनुसन्धान समिति गठन गरेको थियो ।

त्यसवेला बिर्तामोडका सुन व्यवसायी साजन मुखिया हत्याको अनुसन्धान गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको थियो । तर, मुखियाको हत्यासँग साढे ३३ केजी सुन गायब प्रकरणको कनेक्सन भेटिएन ।

प्रारम्भिक चरणमा सरकारले समितिलाई ४५ दिनभित्र अनुसन्धान सक्न कार्यदेश दिएको थियो । यद्यपि, त्यो समयसिमासम्म अनुसन्धान पूरा नभएपछि २५ दिनका लागि म्याद थप गरिएको थियो ।

त्यसपछि पुनः थप अनुसन्धानका लागि एक महिना म्याद थप भएको थियो ।

समितिको अनुसन्धानका क्रममा पूर्व डिआईजी गोविन्द निरौलासहित ९ प्रहरी अधिकारी, मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे लगायत पक्राउ परेका छन् ।

यो पनि पढ्नुस् 

सुन तस्करीको नयाँ रुटः यूएई–चीन–रसुवा–काठमाडौं हुँदै भारत

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?