Comments Add Comment

विपिन र नम्रताको ‘प्रसाद’को छायांकन सकियो


दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रसाद’को छायांकन सकिएको छ । आइतबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको छायांकन सकिएको घोषणा गरियो ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । मंसिर २१ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।
सुशिल पौडेलको कथा रहेको चलचित्रमा कलाकार विपिन कार्की र नायिका नम्रता श्रेष्ठ श्रीमान्-श्रीमतिको भूमिकामा छन् । साथमा, चलचित्रमा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठले खिचेको चलचित्रमा कोशिश क्षेत्री र सुभाष भुसालको संगीत छ । चलचित्रका कलाकारहरुले ‘प्रसाद’ले दर्शकको मन छुने प्रतिक्रिया दिए । चलचित्रको छायांकन सकिदै गर्दा यसका कलाकार निकै खुशी देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment