कुनै खानेकुरा खाएको बखत अपच भएर पेट ढुस्स फुल्छ । तर, सधै खाएको अवस्थामा वा खानेकुराको कारणले मात्र यस्तो हुँदैन । यदाकदा केही नखाई पनि पेट ढुस्स फुल्छ । धेरैलाई लाग्छ, यो त एसिडिटी वा अपच हो ।
जबकी पेट भरिएको महसुस हुनु अपच वा एसिडिटी मात्र नभएर आफैमा जटिल रोग पनि हो । यो रोग लागेमा पेट भरिएको महसुस हुने, भारी हुने, तथा पेट पोल्ने गर्छ । यो समस्या विशेषगरी हियेटल हर्नियाका कारण हुने भएको यो समस्या छ भने बेलामै सर्तक हुन जरुरी छ ।
के हो त हियेटल हर्निया ?
सामान्यतया हाम्रो अन्ननली घाटी भएर डायफ्रेम अर्थात पेटसम्म पुग्ने गर्छ । यसको बीचमा एउटा सानो भाग हुन्छ जसले छातीलाई पेटको अंगसित एकअर्काबाट टाढै राखी शरीरको दुई क्षेत्रलाई दुई हिस्सामा विभाजित गर्छ, जसलाई हियेटल भन्ने गरिन्छ । केही परिस्थितिमा हियेटल सामान्य आकार भन्दा केही ठूलो हुने गर्छ । यस्तो अवस्थामा डायफे्रमको तल्लो भागमा हुने हियेटलको केही भाग सरेर माथितर आउने गर्छ । र, यो स्थितिलाई नै चिकित्सकीय भाषामा हियेटल हर्निया भन्ने गरिन्छ ।
हियेटल हर्निया भएमा यी लक्षणहरु देखा पर्ने गर्छ ।
कसरी थाहा पाउने ?
-हियेटल हर्निया भएमा खाना खाए लगत्तै खाना माथि माथि आएको महसुस हुने गर्छ ।
-पेट भारी रहनुका साथै पेट भरिएको तथा खाना पेटको माथिल्लो भागमै रहेको महसुस हुने गर्छ ।
– हियेटल हर्निया एसिडिटी बढ्ने गर्छ । कयौ पटक छाती पोल्ने, दुख्ने समेत हुनसक्छ ।
-खाना निल्नमा समस्या हुनु, खाना अड्किनु, सास फुल्नु, अपच तथा वाकवाकी महसुस हुनु पनि हियेटल हर्नियाका लक्षण हुन् ।
अब के गर्ने ?
-धेरै चिल्लो, पिरो तथा मसलेदार खानेकुराको सेवन नगर्ने
-खाना खाए लगत्तै नसुुत्ने । अन्यथा खाना पेट नलीबाट अन्न नलीतर्फ गएर समस्या उत्पन्न हुनसक्छ ।
-खाना खाँदा मज्जाले चपाएर खाने । र, थोरै थोरै खाने ताकी आफूले खाएको खाना सजिलै पच्न सकियोस् ।
-वजनलाई नियन्त्रण राख्नुपर्छ । किनकी अतिरिक्त तौलका कारण हियेटल हर्निया भएमा पेटमा भारीपना वा दवाब महसुस हुनसक्दछ ।
-मदिरा, चिया कफी लगायत अत्याधिक तातो कुराको सेवन नगर्ने
प्रतिक्रिया 4