Comments Add Comment

जानकी मन्दिर आकर्षक बनाइँदै, हेर्नुस् यस्तो छ नयाँ डिजाइन

१ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको सौन्दर्यीकरण गर्ने भएको छ ।

प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा जानकी मन्दिर सौन्दर्यीकरण योजना अघि सारिएको हो ।

विश्वभरीकै हिन्दुहरुलाई कम्तीमा एकपटक आउनैपर्ने वातावरण बनाउने घोषणा गरेका मुख्यमन्त्री राउतले पहिलो चरणमा जानकी मन्दिरको प्राङ्गण लगायतको क्षेत्र सौन्दर्यीकरणको योजना अघि सारेका छन् ।

पहिलो चरणको सौन्दर्यीकरणका लागि करिब ७ करोड रुपैयाँ खर्च हुने लगत स्टिमेट तयार गरिएको छ मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको सचिवालयका एक सदस्यले बताए । जानकी मन्दिर सौदर्यीकरणको लगत स्टिमेट र डिजाइन तयार भइसकेको छ, जानकी मन्दिरसंग सम्झौता भए लगत्तै टेण्डर प्रक्रियामा जान्छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत हुने प्रतीक्षामा रहेको हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment