+
+
Shares

चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं: राजपा नेता कर्ण

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १६:३२

१८ मंसिर, काठमाडौं । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

मंगलबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

राजपाले सरकारमा जानको लागि यो सरकारलाई समर्थन नगरेको स्पष्ट पार्दै उनले भने, ‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसाग कुनै छलफल नै गरेको छैन् । त्यसैले अब समर्थन कायम राख्नुपर्ने औचित्य छैन् ।’

वर्तमान सरकार पूर्णरुपमा असफल भैसकेको नेता कर्णको टिप्पणी छ । ‘सरकारले कुनैपनि गतिलो काम गर्न सकेको छैन् । स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ । बास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केहीपनि गर्न सकेको छैन् ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?