१० पुस, कैलाली । धनगढी विमानस्थल आज (मंगलबार) देखि एक सातासम्म राति मात्रै सञ्चालन हुने भएको छ ।
धावनमार्ग मर्मत सम्भारका लागि विमानस्थलमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम हुने भएकाले राति मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण, धनगढीले जानकारी दिएको छ ।
वर्षायामको पानीले धावन मार्गमा क्षती पुगेकोले मर्मत सम्भार गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले बताए । उनका अनुसार विहान ६ देखि साँझ ६ बजेसम्म उडान र अवतरण बन्द हुने छ ।
यही पुस १७ गतेपछि भने विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4