Comments Add Comment

सरकार स्वेच्छाचारीरुपमा सञ्चालन भएको छ : नेता बडु

२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् ।

संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगिकार गरेको भएपनि प्रधानमन्त्रीबाटै आक्रमण भैरहेको उनको भनाइ छ ।

संसद सरकारलाई उत्तरदायी बनाउने संस्था भएपनि सांसदहरुलाई प्रश्न गर्न नदिइएको भन्दै उनले रोष प्रकट गरे ।

रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा सरकार जवाफदेही नभएको भन्दै अघि भने, ‘सरकार संसदप्रति जवाफदेही हुनुपर्छ । यो सरकार दुई तिहाईको हो । तर, दुई तिहाई भन्दैमा संविधानको बर्खिलापमा गएर काम गर्न हुँदैन । अहिले सरकारले संविधानको बर्खिलापमा गएर काम गरिरहेको छ ।’

नेता बडुले आइतबार संसद जुन प्रक्रियामा पुगेर स्थगित् भएको हो पर्सी -बुधबार) बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए । ‘२५ गतेको बैठकमा प्रधानमन्त्री तयार भएर जवाफ दिन आउनुपर्छ । हाम्रो स्ट्याण्ड कायमै छ । सार्वभौम अधिकार सम्पन्न संसदको अधिकारमाथि सरकारले प्रहार गरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment