+
+
Shares

दोहोरो अंकले घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते १५:५४

१२ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा आइतबार पनि गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता सेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ ।

कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै सेयर बढेको छ । सो उपसमूहको सेयर ३३.२ विन्दुले बढेको छ ।  बैंकिङ ९.०१, होटल १९.१३, विकास बैंक ५.२६, जलविद्युत् ९.३२, वित्त ०.६७, निर्जीवन बीमा ६९.२, अन्य १०.९७, लघुवित्त २०.७२ र जीवन बीमा ६१ विन्दुले घटेको छ ।

स्टकका अनुसार युनिलिभर नेपाल लिमिटेडका सेयरधनीले ४.०३ प्रतिशतले कमाएका छन् । यस्तै एक्सल डेभलपमेन्ट बैंक ३.९९, एनएमबी हाइबि्रड फण्ड ३.२१, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले २.११ प्रतिशतले कमाएका छन् ।

यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ७.५४ प्रतिशतले गुमाउँदा भार्गव विकास बैंक ६.६६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.०७, घलेम्दी हाइड्रो लिमिटेड ४.८८, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था ४.३१, ओरेण्टल होटल लिमिटेड ४.१६, खानीखोला हाइड्रो पावर कम्पनीका सेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।

कारोबारका आधारमा आज एनआइसी एसिया बैंकको रु एक करोड ३७ लाख ३१ हजार २९९, नबिल बैंकको रु एक करोड २३ लाख ८२ हजार, शिखर इन्स्योरेन्स कम्पनीको रु एक करोड तीन लाख ६३ हजार बराबरको कारोवार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?