Comments Add Comment

स्वेदश फर्किए भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति

२१ फागुन, काठमाडौं । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुवान ग्वाइडो स्वदेश फर्किएका छन् ।

अदालतले देश छाड्न लगाएको प्रतिवन्धलाई बेवास्ता गर्दै विदेश गएका उनी फर्किँदा पक्राउ पर्ने सम्भावना थियो । तर, त्यसलाई बेवास्ता गर्दै फर्किएका छन् ।

ग्वाइडो राजधानी कारकासमा उपस्थित हुँदा हजारौं समर्थकले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञ पनि पुगेका थिए ।

समर्थकहरुलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरुलाई तर्साउन खोजेको तर, भेनेजुएलाको जनता तर्सिन र मुदुरोको आदेश पालना गर्न छाडिसकेको बताए ।

ग्वाइडो सीमापार जम्मा भएको मानवीय सहायता भित्र्याउन भन्दै १० दिनअघि देशबाहिर गएका थिए । योबीचमा उनी कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी बैठकमा पनि उपस्थित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment