Comments Add Comment

‘पोई पर्यो काले’मा पूजाको जोडी सौगात

जेठबाट छायांकनमा जान लागेको चलचित्र ‘पोई पर्यो काले’ नामकै कारण चर्चामा छ । अझ, यो चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ भित्रिएपछि चलचित्रले चर्चा पाएको हो । चलचित्रका लागि पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिइसकेका छन् ।

अब, यो चलचित्रमा नायक सौगात मल्लको पनि इन्ट्री भएको छ । चलचित्रमा सौगात भित्रिएसँगै कलाकारको लाइनअप बलियो बनेको छ । यो चलचित्रमा पूजाको श्रीमान्को भूमिकामा नायक सौगात मल्ल देखिदैछन् । आकाशको भूमिकाको बिषयमा भने अहिले खुलाइएको छैन ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई कात्तिकको ८ गते रिलिज गर्ने योजना निर्माणपक्षको छ । वुझिएअनुसार, चलचित्रमा नायिका श्रृष्टी श्रेष्ठको इन्ट्री हुने संभावना पनि प्रवल छ । प्रेममा रहेका सौगात र श्रृष्टी एकसाथ चलचित्रमा काम गर्दै आएकाले पनि यसमा पनि श्रृष्टी हुने संभावना प्रवल बनेको हो ।

चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् । कमेडी र सामाजिक कथामा यो चलचित्र निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment