Comments Add Comment

राष्ट्रपति भण्डारीको चीन भ्रमणमा केके हुँदैछ ?

६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।

चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी ११ वैशाखमा चीनको राजकीय भ्रमणमा जानेछिन् । राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलकोन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।

राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र ल्हासा हुँदै स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment