
६ वैशाख, काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् ।
बिहीबार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनीहरलाई शुक्रबार राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् ।
न्यायाधीश नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा रहेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी मध्येबाट न्यायाधीश सिफारिस भएका थिए ।
यीमध्ये रेग्मी र फुँयाल प्रधानन्यायाधीशको रोलक्रममा समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4