Comments Add Comment

मृत्यु भएका कर्मचारीको पनि समायोजन !

६ वैशाख, डडेल्धुरा । सरकारले कर्मचारी समायोजन गर्दा १३ वर्षअघि मृत्यु भइसकेका एक सिनियर अहेबलाई पनि सुचीमा समावेश गरेको भेटिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य कर्मचारीको समायोजन सुचीमा १३ वर्षअघि मृत्यु भएका सिनियर अहेब टेकबहादुर पाललाई जिल्लाको परशुराम नगरपालिकामा रहेको शिर्ष स्वास्थ्य चौकीमा खटाइएको उल्लेख छ ।

मन्त्रालयको समायोजन सूचीमा छैटौं तहका स्वास्थ्यकर्मी भनेर पाललाई उल्लेख गरिएको छ । मन्त्रालयले ०७५ चैत १४ गते सार्वजनिक गरेको समायोजन भएका कर्मचारी विवरणमा स्वर्गीय पाललाई जिल्ला अस्पताल सप्तहरीमा कार्यरत रहेको उल्लेख गरिएको छ । अहेब पालको १३ वर्षअघि नै १० माघ २०६३ मा मृत्यु भएको परिवारले जनाएको छ ।

दशकअघि मृत्यु भइसकेका कर्मचारीलाई आफ्नो कार्यालयमा खटाइएको जानकारी पाएपछि परशुराम नगरपालिका डडेल्धुराको शिर्ष स्वास्थ्य चौकीले प्रमाणसहित सामान्य प्रशासन मन्त्रालयमा उजुरी गरेको छ ।

शिर्ष स्वास्थ्य चौकीले पालको घरमा सम्पर्क गरी निजको पारिवारिक निवृत्ति भरणको प्रमाणपत्रसहित मन्त्रालयमा गुनासो दर्ता गराएको हो ।

पालको मृत्युपछि श्रीमतीको नाममा बनाइएको पेन्सन पट्टा ।
कर्मचारी समायोजनको सुचीमा मृत्यु भइसकेका टेकबहादुर पालको नाम (हाइलाइट गरिएको) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment