+
+
Shares

कीर्तिपुर र भक्तपुरमा प्रभु बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते १९:१४

९ वैशाख, रामेछाप । प्रभु बैंक लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले कीर्तिपुरमा शाखा विस्तार गरेको जनाएको छ।

नयाँ शाखा कार्यालयमा सोमबारदेखि नै कारोबार सञ्चालन भएको छ। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले शाखा उद्घाटन गरेका थिए।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि आवश्यकतानुसार हातेमालो गर्न तयार रहेको उल्लेख गरे।

साथै, बैंकले सरकारको नीतिअनुरुप नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आफ्नाे आवश्यकताअनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न शेरचनले अनुरोध गरे।

भक्तपुरमा पनि शाखा उद्घाटन

त्यस्तै बैंकले सोमबारदेखि नै भक्तपुरको सूर्यविनायकस्थित बालकोटमा पनि नयाँ शाखा सञ्चालन सुरु गरेको छ। बैंकको शाखा उद्घाटन भक्तपुरका सांसद महेश बस्नेतले गरेको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?