Comments Add Comment

प्रधानमन्त्रीले संसदको मर्यादा नराख्नु लज्जास्पद : प्रकाशमान

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।

सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशको प्रसंगमा उनले सो धारणा राखेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको छ ।’

सरकारले काम केही नगरी समृद्धिको नारा मात्र लगाएको भन्दै उनले आलोचना गरे । उनले वर्तमान सरकारले सुशासन दिन नसकेको, बिकास बजेट खर्च गर्न नसकेको र संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाए । दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत नपाउने ठोकुवा उनले गरे ।

नेपाली जनतालाई अधिकार दिलाउनका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । दुई तिहाई वा बहुमत जस्तो सरकार भए पनि संविधानको भावना र मर्मविपरीत अगाडि बढ्न खोजे कांग्रसले प्रतिवाद गर्ने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment