
३० वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ ।
कांग्रेस सांसदहरुले राजधानी र प्रदेशको नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै बैठक अवरोध गरेका हुन् ।
बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हानसम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाको पत्र पढेर सुनाए । लगतै प्रदेशसभामा भएका दलका प्रतिनिधिले सम्बोधन गरे ।
त्यसपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् ।
काग्रेस संसदीय दलका नेता इन्ऽबहादुर बानियाँले राजधानी र प्रदेशको नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने बताए । कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक मंगलबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4