Comments Add Comment

भैरहवा सेजमा उद्योग संचालन

३१ वैशाख, बुटवल । स्थापना भएको वर्षौंसम्म उद्योग संचालन हुन नसकेको नेपालककै पहिलो भनिएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा पहिलो उद्योगका रुपमा शक्ति मिनरल्स उद्योग संचालनमा आएको छ ।

४० करोड लगानीमा स्थापना गरिएको उद्योगले उद्योग स्थापनाको पहिलो अनुमति (लाइसेन्स) प्राप्त गरेको हो ।

यो उद्योग नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा रहने र यसले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यक पर्ने फ्लक्स उत्पादन गरी भारत तथा अन्य विदेशी मुलुकमा निर्यात गर्ने छ ।

उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको प्रा.लि.का अध्यक्ष विनोदकुमार श्रेष्ठले जानकारी दिए ।

उद्योगको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले ढोका थुनेर विदेशी लगानी भित्र्याउन नसकिने बताए ।

उद्योग दर्ताका लागि मन्त्रालयमा एकद्धार प्रणालीको सुरुवात गर्न लागेको जानकारी दिए । ‘अब उद्योग दर्ताको लागि विभिन्न मन्त्रालय धाउनुपर्दैन, सबै कागजपत्र लिएर एकै ठाउँमा दर्ता हुने व्यवस्था गर्दैछौं, उनले भने ।

निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए । उनले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत मात्र रहेकोले उत्पादनमा बढी जोड दिनुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव याम कुमारी खतिवडाले उद्योग स्थापना मार्फत मुलुकमै रोजगारी सिर्जना गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन् ।
उनले विशेष आर्थिक क्षेत्र (सेज)मा अन्य उद्योग पनि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन ।

प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद के.सी.ले प्रदेश सरकारले उद्योगहरुलाई व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेको बताए ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले विशेष आर्थिक क्षेत्र -सेज)ले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको छन् । सेजमा स्थापना हुने उद्योगले आˆनो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नैपर्ने प्रावधान छ । यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment