Comments Add Comment

लुम्बिनी घुम्न जाने पर्यटकलाई धुलोको सास्ती

४ जेठ, बुटवल । २० लाख पर्यटक भित्र्याउने लक्ष्यहित लुम्बिनी भ्रमण वर्षको शुभारम्भ भएको छ । तर, धुलो छलेर लुम्बनी पुग्न भने सजिलो छैन ।

भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । सडकमा उड्ने धुलोका कारण दिउँसै गाडीहरु बत्ती बालेर गुडाउनुपर्छ ।

लुम्बिनीदेखि कपिलवस्तुको तौलिहवासम्मको सडकको स्थिति पनि उस्तै छ । भैरहवा-लुम्बिनी-तौलिहवा सडकखण्ड (४१.१ किलोमिटर) को निर्माणको गति सुस्त छ ।

समयमै निर्माण कार्य सक्ने ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको सडक आयोजनाका प्रमुख प्रदीप शाक्यले बताए । सन् २०२० जनवरीसम्म सम्पन्न हुनुपर्ने आयोजनाको काम ३०/३५ प्रतिशत मात्र भएको छ ।

गवाँर कन्सट्रक्सनको व्यवस्थापकीय कमजोरी र निर्माण सामग्रीको अभावका कारण सठक विस्तारको काम सुस्त गतिमा रहेका शाक्यले बताए ।

भ्रमण वर्ष शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । विदेशी पर्यटक पनि बढ्दो छ । तर, सडकको धुलो अत्याधिक भएका कारण ३ दिनसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी छ ।

कति हुँदैछ खर्च ?

प्रस्तावित बजेटअनुसार उद्घाटन-समापन समारोहमा मात्रै ८५ लाख खर्च हुनेछ ।

बैठक भत्ता र खाजा खर्चका लागि ४६ लाख ६० हजार, कार्यपत्रलाई २० लाख, सुजता खीर महोत्वसवलाई १३ लाख र राष्ट्रिय झन्डा निर्माणका लागि १० लाख ५० हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ ।

यस्तै मायादेवी मन्दिरमा दीप प्रज्जवलनका लागि १२ लाख, प्रचारप्रसारका लागि एक करोड २५ लाख, सञ्चारमाध्यमलाई ३५ लाख, सडक प्रदर्शनीका लागि २२ लाख ६० हजार रुपैयाँ छुट्टाइएको छ । २० लाखको ब्रोसर छपाइनेछ भने सरसफाई र डस्टबिन खरिदका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश ५ सरकारले ४ करोड १९ लाख ६० हजारको प्रस्ताव स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment