Comments Add Comment

नीता र आमेष भन्छन्–‘हामी एक अर्काका लागि सधै विशेष छौ’

नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको प्रेम अहिले टुटेको छ । उनीहरु, केही बर्ष अगाडि नै अलग हुने निर्णयमा पुगेका थिए । फक्रिएको प्रेम ‘फूलै फूलको मौसम तिमीलाई’ ओइलाएपछि ओइलाउन थालेको थियो । पछि, उनीहरुको प्रेमको मुना सुक्यो ।

तर, अहिले पनि नीता र आमेष एक अर्काको मिल्ने साथी छन् । एक म्यूजिक भिडियोको प्रमोशनका लागि मिडियासँग कुरा गर्दै आमेषले भने–‘हामीले प्रेममा ग्याप लिएका थियौं । तर, त्यो ग्याप लामो भैदियो ।’

आमेषले भने–‘ब्रेकअप भएको ७ महिनासम्म त म निकै नै पीडामा थिएँ । तर, पनि नीताका लागि मेरो मनमा अहिले पनि अथाहा प्रेम छ, जुन पहिले पनि थियो । अहिले परिस्थिती फरक भएको छ । हामी साथीको रुपमा मात्र छौ । अब, हामीविच मित्रताको पर्खाल छ ।’

नायिका नीता ढुंगानाले भनिन्–‘कहिलेकाही राम्रो मान्छेहरुको सम्बन्ध बन्दैन । हाम्रो पनि त्यस्तै भएको थियो । अब, हाम्रो प्याचअप होला कि के होला भन्दा पनि हामीले करिअरलाई अगाडि बढाउन आवश्यक छ ।’ नीता र आमेषको ब्रेकअप किन भयो त ? आमेष भन्छन्–‘हामीले प्रेममा ग्याप लिएका थियौं । हाम्रो सम्बन्धले खासै काम गरिरहेको थिएन । एक अर्काको करिअरमा पनि ह्याम्पर भएको थियो ।’

ब्रेकअपपछि आमेषले आफ्नो जिन्दगीमा १–२ जना यूवती आएपनि उनीहरुलाई नीतालाई दिएको जस्तै माया दिन नसकेको बताए । यता, नायिका ढुंगानाले पनि आफ्नो जीवनमा अरु कोही आएपनि आमेष सधै नै आफ्नो लागि विशेष हुने सुनाइन् ।

ब्रेकअपपछि यी दुइले ‘बेइमानी बेइमानी’ बोलको म्यूजिक भिडियोमा सँगै काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment