+
+
Shares

सुनाकोटवासीको तिर्खामा कोटा

दिनमा ५०  लिटर पानी मात्र भर्न पाइन्छ

आशिष मल्ल आशिष मल्ल
२०७६ जेठ १० गते १८:०२

१० जेठ, डडेल्धुरा । ‘कोटेलीको सुनकोट’ नाम सुन्दर छ । गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका-१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रंगको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै सुरु हुन्छ ।

बिहीबार दिँउसो ४ बजे । सधैजसो घरघरबाट महिलाहरु निलो जर्किन लिएर हतारहतार गाउँमाथिको खानेपानी ट्याङकीमा पुगे । ट्याङकी भीड लाग्यो ।

भीडमा थिइन् ५० वर्षीया हरुदेवी भुल । ‘पानीका दुःखले यो इन्डीयाबाट किनेर ल्याया हौ,’ उनले डोटेलीमा जर्किन र गाउँको कथा सुनाउन थालिन, ‘सबैका घरका मान्छे कोही न कोही भारतमा छन् सबैले घर आउँदा जर्किन पनि ल्याएर आउँछन् । कसै-कसैको घरमा त ५/६ वटा जर्किन छन ।’

दिनमा ५० लिटर पानी मात्र भर्न पाइन्छ

गाँउभन्दा धैरै टाढा असुर्पाबाट यस टंकीमा पानी आउँछ । दिनभरी टंकीमा पानी भरिन्छ अपराहन्नतिर धारा खोलिन्छ । हरुदेवी भन्छिन्, ‘हामी सबैलाई दिनको ५० लिटर अट्ने १ जर्किन पानी पाइन्छ ।’

दिनको ५० लिटर मात्र पानी पाएपछि उनीहरुलाई त्यो प्रर्याप्त हुँदैन । गाउँभन्दा आधा किलोमिटर हिँडेर पल्लो गाउँमा पानी लिन जानुपर्छ । उनीहरुको यो दैनिकी हो ।
मजदुरी गरेर गुजारा गर्ने उनीहरु विहानै ४ बजे जर्किन लिएर निस्किन्छन् । ‘विहानै उठेर पानी भर्न जानुपर्छ जान १ र आउन १ घण्टा लाग्ने हुँदा कामको हर्जा नै हुन्छ,’ नजिकै रहेका केटाकेटी देखाउँदै इन्दीरादेवी भुल भन्छिन, ‘यिनीहरु सबै जान्छन् ५० लिटर त्यँहाबाट बोकेर ल्याँउछन् ।’

स्थानीय सरकार गठन भएको २ वर्ष भयो । तर, सुनकोटवासीको खानेपानीको समस्या अझै सुल्भिmएको छैन । ‘पहिलेको भन्दा त अली सहज भएको छ । पहिले टाढबाट पानी ल्याउनु पथ्र्याे,’ हरुदेवी अघि भन्छिन्, ‘म बिहे गरेर आँउनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो, आधा उमेर भैसक्यो अझ पनि उस्तै छ ।’ गाँउमै खानेपानीको ट्याकी त बनेको छ तर यो पानी प्रर्याप्त छैन ।

समुदायको गुनासो–पानीमा विभेद

गाँउपालिको खानेपानी योजनामा जातीय विभेद भएको गुनासो स्थानीयवासीको छ । ‘दिनको १ जर्किन मात्र हामीलाईर् पानी पाइन्छ त्यो पनि पानी आएको दिन मात्र । नत्र हामीले दिन काटेर अरुको धाराबाट पानी ल्याएर खानुपर्छ,’ चन्नरीदेवी भुलले गुनासो गरिन् ।

२०० घरधुरी रहेको बस्ती नजिकका नाउला-पानी कुवा)समेत सुकेका छन् । गाईगोरुलाई पानी खुवाउने, लत्ताकपडाका साथै नुहाउनका लागि तीन/चार घण्टा पैदल हिड्नुपर्ने बाध्यता भएको उनीहरुको गुनासो छ । ‘हाम्रा भन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ,’ हरुदेवी भन्छिन्, ‘पानीको लागि धेरै कराए फेरि पनि कराउँदै छौं ।’

गैरदलित भन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको टंकीको पानी खोल्ने चौकीदार पौवा भुलको भनाइ छ । ‘अैरोडामा रहेको रिजर्भ्वायर टंकीबाट पानी वितरणमा गल्ती हुन्छ,’ उनले भने, ‘यता फुल गरेर खोलिदैन अैरोडामा बढी खोलिन्छ ।’

पानीका लागि हत्या भएको ठाउँ

खानेपानीको बिषयमा विवादका हुँदा खुकुरी प्रहार गरी कोटेलीमै २०७३ को फागुन १ गते आइतबार एकजनाको हत्या भएको थियो । नवदुर्गा गाँउपालिकाको कोटेलीका शेरबहादुर साउँदको स्थानीय भीमबहादुर भूलले खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भूल र मृतक साउँदको खानेपानीको विषयमा विहानपख विवाद भएपछि दुबैजनाको बीचमा कुटाकुट भएको थियो । सोही क्रममा भूलले साउदमाथि खुकुरी प्रहार गरेका थिए ।

भूल र साउँद छिमेकी थिए । साउँदको घर माथि र भूलको घर तल रहेको थियो । दुई परिवारको खानेपानी प्रयोग गर्ने धाराको पाइप एउटै भएकाले तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जान्थ्यो । तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हँुदा घटना भएको प्रहरीले जानकारी दिएको छ । तर, घटना भएको तीन वर्ष पुग्दासमेत यहाँको खानेपानीको समस्या उस्तै छ ।

समस्या समाधान हुन्छ -वडाध्यक्ष

गाउँपालिले नवदुर्गाको कोटेलीमा रहेको खानेपानी समस्या सुल्झाउने प्रयास भइरहेको बताएको छ । विगतकोे भन्दा धेरै समस्या सुल्भिmसकेको गाँउपालिकाको वडानम्बर १ कोटेलीका वडाध्यक्ष भीम बोहोराले बताए ।

‘खानेपानीको समस्या विगतबाटै रहिआएको थियो,’ वडाध्यक्ष बोहोराले भने, ‘हामीले २० लाख छुट्याएर कोटेली बृहत खानेपानी आयोजना सम्पन्न गर्दै छौं ।’

उनले योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । त्यसका साथै नजिकै डिप बोरिङ् योजना पनि सञ्चालन गर्ने तयारी गरिएको वडाध्यक्ष बोहोराले जानकारी दिए ।

डिप बोरीङका लागि प्रदेश सरकाबाट बजेट विनियोजन भएको र गाउँपालिकाले त्यसका लागि १६ लाख छुट्याएको उनले बताए । ‘अझै कोटेलीको २/३ वटा बस्तीमा खानेपानीका योजना सम्पन्न हुने अवस्थामा छन्,’ वडाध्यक्ष बोहराले भने, ‘आगामी दिनमा पनि हाम्रो खानेपानी योजनामा बढी भन्दा बढी जोड हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?