Comments Add Comment

थाइराइड के हो, पहिचान कसरी गर्ने ?

११ जेठ, काठमाडौं । आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ ।

मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ ।

थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । शरीरको वृद्धि विकासमा यी हर्मोनहरुको महत्त्वपूर्ण भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादन असन्तुलित हुने र रोग लाग्न चिकित्सकहरु बताउँछन् । त्यसैलाई थाइराइड रोग भनिन्छ।

पछिल्लो समय नेपालका लागि थाइराइड समस्याका रुपमा देखिएको छ । एक तथ्यांकअनुसार, जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड छ ।

खाने नुनमा आयोडिनको मात्रा कम हुनु थाइराइड रोग बढ्नुको मुख्य कारण भएको बताउँछन् डाक्टर अशुंमाली जोशी । शरिरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए।

थाइराइड परीक्षणबाट पहिचान हुन्छ । चिकित्सकका अनुसार, रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरेबाट थाइराइड भए–नभएको सजिलै पत्ता लाग्छ ।

दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेका छन् ।

अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल,कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर सकिएको थियो।

विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपराह्न ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment