Comments Add Comment

रकुलको बोल्ड फोटोमा फ्यानको भद्दा कमेन्ट

चलचित्र ‘दे दे प्यार दे’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि नायिका रकुलप्रित सिंह चर्चामा छिन् । विशेषगरि, उनको भूमिकालाई पनि दर्शकले रुचाएका छन् । उनी, साउथकी चलेकी नायिका हुन् भने बलिउडमा पनि उनको उपस्थिती बलियो हुँदैछ ।

तर, रकुलको एउटा तस्बिरले भने यतिबेला सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ । रकुलले एउटा बोल्ड फोटो शेयर गर्दै महिलाको पावर देखाउन खोजेकी छिन् । उनले लेखेको कुराले पनि सोही भाव व्यक्त गर्छ । उनको जिन्सको बटन खुलेको छ । उनको यो तस्बिरलाई धेरै फ्यानले मन पराएका छैनन् । कतिपयले, जिन्सको बटन खोलेर महिलाको पावर नदेखिने भनेर प्रतिक्रिया दिएका छन् ।

कतिपय फ्यानले भने यस्तो खालको फेसनको आवश्यकता नभएको पनि उल्लेख गरेका छन् । एक फ्यानले लेखेका छन्–‘बहिनी, यदि तिमीलाई पैसा चाहिएको छ भने मिहिनेत गर । एक्सपोज होइन । फेसनको नाममा तिमी त्यसको बलात्कार गरिरहेकी छौ ।’

फ्यानको यस्तो प्रतिक्रियामा रकुलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment