+
+
Shares

किन आफ्नो बायोपिक बनोस् भन्ने चाहदैनन् सलमान खान ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १७:००

नायक सलमान खान अभिनित चलचित्र ‘भारत’ आजबाट रिलिज भएको छ । विश्वभर रिलिज भएको चलचित्रले समिक्षकको राम्रै प्रतिक्रिया पाइरहेको छ । यसैविच, बलिउड मिडियामा नायक सलमान खानको जीवनीमा आधारित चलचित्र बन्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ । सलमानको परिवारले नै यो चलचित्र बनाउन लागेको चर्चा चलिरहेको छ ।

तर, नायक सलमान खानले भने आफ्नो बायोपिकको बिषयमा मुख खोलेका छन् । चलचित्र प्रमोशनका क्रममा उनले भनेका छन्–‘म मेरो जीवनीमा आधारित कथामा चलचित्र बनोस् भन्ने नै चाहन्नँ । किनकी, मेरो जिन्दगीमा त्यस्तो केही पनि छैन जुन ठूलो पर्दामा आउन आवश्यक छ ।’

सलमानले यो कुरा भनेपनि उनको जीवनमा थुप्रै कुरा भएका छन् । यूवती, प्रेम, जेल जीवन, मुद्दादेखि थुप्रै काण्डमा सलमान फसिरहेका छन् । सायद, सलमान यस्तै कुरा पर्दामा देखाउन चाहदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?