+
+
Shares

भारतविरुद्ध खेल्न पाइन भने पनि आश्चर्य हुन्न’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २५ गते १८:५५

काठमाडौं । अष्ट्रेलियालाई वेष्टइण्डिजविरुद्ध जित दिलाउने क्रममा नाथन कल्टरनाइलले ९२ रनको उत्कृष्ट पारी खेले । तर अब हुने खेलमा आफू टिममा नपरे आश्चर्य नहुने उनैले बताएका छन् ।

जब आद्रे रसेलले ३१ औं ओभरमा एलेक्स क्यारीको विकेट लिए, अष्ट्रेलिया १४७÷६ को अवस्थामा थियो ।

तर फास्ट बलिङ र कहिले काँही ठूला सटका लागि चिनिएका कल्टरनाइलले स्टिभ स्मिथलाई सघाएनन् मात्र, ६० बलमा ९२ रनको महत्वपूर्ण पारी खेले र अष्ट्रेलियालाई २८८ रनमा पुर्याए ।

आठौं नम्बरमा आएर कीर्तिमानी रन जोडेपनि उनले भारतविरुद्ध मौका पाउनेमा आशंका छ । ‘हामीसँग दुई वल्र्ड क्लास बल् छन् । म रन बनाउने टिममा छैन । त्यसैले म टिममा परिन भने पनि आश्चर्य हुने छैन’ कल्टरनाइलले भनेका छन्, ‘म विकेट लिने टिममा छु र मैले जम्मा दुई विकेट लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?