Comments Add Comment

जाउलाखेलमा देखाइयो भोटो, हेर्नुस् ७ तस्वीर

२८ जेठ, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख जावलाखेल पुगेका थिए ।

मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए ।

त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेकी छन् ।

भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ । मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ ।

बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment