+
+

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका बिजेता ग्राहक घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १२:२९

६ असार, काठमाडौं । एनसेल प्रालिले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकको घोषणा गरेको छ। योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जनाग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ।

बैशाख १६ देखि संचालनमा रहेको योजना साउन १३ गतेसम्म सञ्चालन हुने छ। ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्योभन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरुप १० मिनेटसम्म पाउँछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्दछन्।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन्। योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउँछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ।

योजना सुरु भएको चार हप्तासम्ममा ४० जना ग्राहक स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन्। जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन्। अन्य ३० ग्राहकको पहिचान प्रमाणित भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?