Comments Add Comment

ट्रकले म्याजिकलाई ठक्कर दिँदा ३ को मृत्यु, १२ जना घाइते

१६ असार, जनकपुरधाम । सिरहामा सोमबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लहान नगरपालिका-११ पडरियास्थित सडकखण्डमा मालबाहक ट्रकले म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुने तीनै जना म्याजिकमा सवार हुन् । म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम रहेका छन् । एकजनाको सनाखत हुन सको छैन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१ज  ७४५४ नम्बरको म्याजिक रोकेर यात्रु चढाइरहँदा सोही दिशातर्फ जाँदै गरेको ना८ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुबै सवारीका चालक फरार भएका छन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment