Comments Add Comment

जब दाम्पत्य जीवनबाट रोमान्स हराउँदै जान्छ 

जुन कुरा पनि समय बित्दै जाँदा पुरानो, महत्वहीन् अथवा बासी हुन थाल्छ । जीवन पनि एकै प्रकारको दैनिकी, एकै किसिमको धारमा चलिरहेको छ भने यही जीवनबाट जो-कोहि पनि दिक्क हुनसक्छ । यहि कुरा सम्बन्धमा पनि लागु हुन्छ ।

सम्बन्ध पनि बिस्तारै-बिस्तारै दैनिकी जस्तै बन्न थाल्छ । केही समयपछि सम्बन्धमा पहिलाको जस्तो उर्जा र आकर्षण हुँदैन । तर सम्बन्धमा उर्जा र आकर्षण भैरहनु अति नै महत्वपूर्ण छ । त्यसैले जसरी हामी पुराना सर-सामानलाई पाुलिश गरेर नयाँ बनाउँछौं, टल्काउँछौ, त्यसैगरि हाम्रो सम्बन्धलाई पनि समय समयमा पोलिश गर्नु आवश्यक छ । समय-समयमा गरिने पोलिशले सम्बन्धमा चमक र उर्जा यथावत रहन्छ ।

केही नयाँ गर्नु पर्छ 

जब तपाईलाई आफ्नो सम्बन्ध एउटा दैनिकी जस्तो बन्न थालेको अनुभव हुन्छ, त्यही बेला केही त्यस्तो नौलो काम गर्नुहोस्, जसले अरुलाई हामीले त यो बारेमा सोचेकै थिएनौं भन्ने अनुभव होस् । यसो गर्दा तपाईंको सम्बन्धमा केही नयाँपन आउँछ । त्यस्तो नयाँपन तपाईं कुनै पनि तरिकाबाट ल्याउन सक्नुहुन्छ । तपाईंको नराम्रो बानी हटाएर अथवा कुनै सरप्राइजको माध्यमबाट आफ्नो पार्टनरलाई खुशी दिन सक्नु हुन्छ ताकी उसलाई पनि आफ्नोलागि केहि गरेको महसुस होस् ।

रोमान्टिक लाईफ रिक्रिएट गर्नुपर्छ

समय बित्दै जाँदा हरेक व्यक्तिको व्यवहार पनि बढ्दै जान्छ । त्यस्तो अवस्थामा जीवनबाट रोमान्स लगभग हराउँदै जान्छ । रोमान्सको ठाउँ जिम्मेवारीले लिन थाल्छ । तर तपाईले आफ्नो जीवनबाट रोमान्सलाई हराउन दिनु हुँदैन ।

रोमान्सको लागि केवल भावना भए पुग्छ । महंगो उपहार दिने अथवा अन्य कुनै क्रियाकलापको आवश्यक पर्दैन । आफ्नो साथीलाई समयसमयमा आफुले कति माया गर्छु भन्ने कुरा महसुस गराउन सक्नु हुन्छ । कहिलेकाहीँ मायालु बोलीसहित फोन गरेर त कहिले प्रेमका दुई-चार अक्षरका म्यासेजस गरेर अनि कहिलेकाहिं  अफिसबाट घर छिट्टै घर आएर पनि तपाईंले सरप्राइज दिन सक्नु हुन्छ ।

त्यस्तै कहिलेकाहिं बाहिर डिनर गएर अथवा फिल्म हेर्न लगेर पनि तपाइर्ंले आफ्नो जीवनलाई रोमान्टिक बनाउन सक्नु हुन्छ । कहिलेकाहिं आफ्नो साथीलाई मन पर्ने खाना बनाएर पनि रोमान्टिक बन्न र बनाउन सक्नुहुन्छ । यी सबै कुरा नै गर्नु पर्छ भन्ने छैन, कम्तिमा एउटा अथवा दुई वटा कुरा गरेर हेर्नुस्, तपाईंको वैवाहिक जीवनमा सुखद परिवर्तन आउने छ ।

मनको कुरा व्यक्त गर्न गाह्रो मान्नु हुँदैन

यदि कुनै कुराले तपाईलाई समस्या दिएको छ अथवा आफ्नो जीवनसाथीको बारेमा केहि फरक महसुष गर्नु भएको छ भने यो कुरा आफ्नो जीवनसाथीलाई बताउनु पर्छ । मनमा भएको कुरालाई भन्नु बुद्धिमानी हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ । मनमा कुरा राख्दा कुरामात्र होइन समस्या पनि  झन्-झन बढ्दै जान्छ ।

हरेक कुरा शेयर गर्नुहोस्

आफ्नो दुःख, सुख, आफ्नो प्राप्ति, प्रयास आदि हरेक कुरा शेयर गर्नु पर्छ । सम्बन्धमा शेयरिङ अति नै आवश्यक छ । यसले एक-अर्काप्रतिको प्रेम र विश्वास अझै बढ्दै जान्छ ।

सल्लाह पनि लिनुपर्छ

आफुलाई सबै भन्दा स्मार्ट छु भन्ने सोच्नु गलत हो । आफ्नो पार्टनरसंग सल्लाह लिनु पर्छ  । यदि सल्लाह सहि छ भने त्यसलाई अमल पनि गर्नुहोस् । यसले तपाईको पार्टनरलाई तपाइर्ंले उसलाई कति महत्व दिनुहुन्छ भन्ने कुराको अनुभव हुन्छ । यसले तपाईको सम्बन्धमा अपनत्व अझ बढाउँछ ।

सहयोग गर्ने र जिम्मेबारी बाँड्नुहोस्

दुबैले एक-अर्काको काममा सहयोग गर्नु पर्छ । यसले काम हल्का हुन्छ र जिम्मेवारीहरु पनि कम हुन्छ । सधैं कुराकानी गरेर जिम्मेबारी बाँडफाँड गर्नु पर्छ ।

पार्टनरलाई दुःखी बनाउनु हुन्न 

यदि तपाईंको कुनै कुराले पार्टनरलाई दुःख लाग्छ भने बिर्सिएर पनि त्यो कुरा गर्नु हुँदैन । यदि थाहा नपाई त्यस्ता केही कुरा भैहालेमा माफी माग्नु पर्छ र भविष्यमा त्यस्तो गल्ति नदोहोरिने बचन पनि दिनु पर्छ । तपाईंको लागि सामान्य लाग्ने कुरा पार्टनरको लागि मनमा गड्ने हुनसक्छ । त्यसैले आफुले बोल्दा अथवा व्यवहार गर्दा यी कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

नराम्रो बानी हटाउनु पर्छ

तपाई धुम्रपान गर्नु हुन्छ र तपाईंकी श्रीमतीलाई मन पर्दैन । तपाईंकी श्रीमतीको धेरै खर्च गर्ने बानी छ भने एक-अर्कासँग आफ्नो नराम्रो बानी त्याग्ने च्यालेन्ज गर्नुहोस् । यसले तपाईंको पार्टनर त खुशी हुन्छ नै साथमा तपाईको नराम्रो बानी पनि हट्छ ।

फिटनेसलाई वेवास्ता गर्नु हुँदैन

कुनै पनि सम्बन्धमा फिटनेसको धेरै महत्व हुन्छ । यसले तपाई स्वस्थ त हुनु नै हुन्छ, यसले तपाईको सम्बन्धलाई पनि हेल्दी बनाउँछ । एक अर्काको लागि फिटनेस च्यालेन्ज गर्नुहोस्, संंगै हिँड्ने, कुुद्ने र व्यायाम गर्नुहोस् । यसो गर्दा तपाईं एक-अर्कासँग समय पनि साथै बिताउन सक्नु हुन्छ ।

बेवास्ता पनि गर्नुपर्छ

हामी सबैको सोचाई एकै प्रकारको हुँदैन । तपाईलाई आफ्नो पार्टनरको सबै कुरा मन नपर्न सक्छ । बारम्बार त्यो कुरामा कराइरहनु भन्दा त्यो कुरालाई वेवास्ता गर्नुहोस् अथवा मायालु तरिकाले सम्झाउनु होस् ।  सम्बन्ध प्रगाढ बनाउनका लागि कुनै-कुनै कुरालाई बेवास्ता गर्न अथवा सम्झौता गर्नु आवश्यक छ ।  पार्टनरलाई अलग व्यक्तित्वको झैं सम्मान दिनुहोस् । उसलाई आफु जस्तो बनाउने कोशिसले निराश हुन सक्नुहुन्छ ।

सेक्स लाइफलाई उर्जाशील बनाउनु पर्छ ।

तपाईको सेक्स लाईफले पनि तपार्इको सम्बन्धमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । आफ्ना सर-सफाईदेखि पार्टनरको आवश्यकतालाई पनि ध्यान दिनुहोस् । सेक्सलाई एउटा कामको रुपमा लिनु हुँदैन । यसलाई सुन्दर बनाउनका लागि बेडरुम फरक तरिकाले सजाउने, मीठा-मीठा कुरा गर्ने आदिले तपाईको सेक्स लाईफमा केही न केही सुखद परिवर्तन अवश्यक आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment