Comments Add Comment

चितवनमा बढ्यो सवारी दुर्घटना, एक वर्षमा १४६ को मृत्यु

दुर्घटनाको कारण तीव्र गति र चालकको लापरबाही

२ साउन, चितवन । बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । राजमार्गको लामो खण्ड, साँघुरो सडक र अत्याधिक सवारी चापका कारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७५/७६)मा जिल्लामा २९५ सवारीसाधन दुर्घटना हुँदा १४६ को मृत्यु भएको छ । मृतक मध्ये ४१ जना पैदल यात्रु रहेका छन् । दुर्घटनामा २३० जना गम्भीर घाइते भएका छन् भने, ३२८ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । त्यसअघि ११४ जनाको मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो वर्षभन्दा गत आवमा २४ दुर्घटना बढेका छन् । मृतकको संख्यासमेत १४ ले बढेको छ । मृत्यु हुनेमा पुरुषको संख्या अधिक छ । ११४ जना पुरुषको मृत्यु हुँदा दुर्घटनामा १७ महिला र ११ बालबालिकाले ज्यान गुमाएका छन् ।

हरेक बर्ष यो तथ्यांक बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्ऽकुमार गिरी जानकारी दिए ।

सवैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । गत वर्ष २०५ वटा मोटरसाइकल, ५३ यात्रुवाहक बस, ५२ साना कार, ८० वटा ट्रक र ट्याक्टर दुर्घटनामा परेका छन् ।

दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । ट्राफिक प्रहरीका अनुसार चालकको लापरबाहीका कारण १०६ र तीव्र गतिका कारण ११८ दुर्घटना भएका छन् ।

मापसे सेवन गरेर ४० दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लामा १२१ वटा सवारी मुद्धा दर्ता भएका छन् । २९५ दुर्घटनामा ५६ जना चालकको मृत्यु भएको छ भने, १३० जना घाइते भएका छन् ।

कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो । आर्थिक बर्ष २०७३/०७४ मा दुई करोड १८ लाख ५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो ।

हलुका सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी प्रमुख चन्ऽकुमार गिरी बताए ।

बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा पनि पछिल्ला वर्षहरुमा दुर्घटनाको संख्या बढ्दै गएको छ ।

चितवन हुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम महेन्ऽ राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ-मुग्लिन सडक गएका छन् । धेरै जसो दुर्घटनामा महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा हुँदै आएका छन् । चितवनमा राजमार्ग क्षेत्र ९३ किलोमिटर छ । यसबाहेक अन्य सडक २१ सय ८३ किलोमिटर छ ।

जिल्ला ट्राफिक कार्यालयमा दरवन्दी नै कम छ । अहिले जम्मा ४८ जनामात्रैं ट्राफिक कार्यरत छन् । ट्राफिक प्रहरीको जनशक्ति सवारी चाप, राजमार्ग र सडकको लम्वाईका आधारमा १ सयभन्दा बढी भए सहज हुने ट्राफिक प्रहरी प्रमुख गिरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment