Comments Add Comment

वालवच्चालाई स्विमिङ पुल भन्दा वर्षे झरी कम हानिकारक

मध्य वर्षायाम छ । जुनसुकैबेला पानी दर्किन सक्छ । विद्यालय जाँदै गरेका वा विद्यालयबाट र्फकदै गरेका बालबच्चा पानीमा भिज्न सक्छन् । तपाईं होसियार हुनुन्छ, वालवच्चा पानीमा भिज्छन् कि भनेर । त्यसैले उनीहरुलाई पानीमा ओत लाग्नका लागि अह्राउनुहुन्छ । रेनकोट, छाताको व्यवस्था गरिदिनुहुन्छ ।

वालवच्चा पानीमा रुझ्यो भने चिसो लाग्छ । लुगाफाटो भिज्छ । लुगाफाटो धुने झन्झट भन्दा पनि बालबच्चालाई रुघा-ज्वरो लाग्छ कि भनेर चिन्ता लाग्छ ।

हुनपनि अहिलेका बालबच्चाको घर अझ कोठाभित्र हुर्किएका छन् । उनीहरुको शरीरले हावापानी झेल्न सक्दैन । पानीमा भिज्यो भने, धुलोमैलो खेल्यो भने ज्वरो आउँछ । रुघा लाग्छ । यस्तो अवस्थामा राम्ररी ख्यालविचार गरिएन भने निमोनिया लाग्न सक्छ । यस्तै भयले तपाईंले बालबच्चालाई पानीमा भिज्न दिनुहुनेछैन ।

बरु चर्को घाममा स्विमिङ पुलमा पुर्‍याउनुहुन्छ । आफ्नो निगरानीमा पौडन दिनुहुन्छ । जबकी वालवच्चा स्विमिङ पुलमा भन्दा आकासे झरीमा रुझ्दा बढी रमाउँछन् । स्विमिङ पुलको पानी त्यती स्वस्थ्यकर पनि मानिदैन ।

प्रदूषित स्विमिङ पुल

पछिल्लो अध्ययनबाट के तथ्य पनि बाहिर आएको छ भने, स्विमिङ पुलमा धेरैले पिसाव गर्छन् । पानीको गुणस्तरीयता मापन गर्ने स्याच्स मिडिया ग्रुपले गरेको अनुसन्धानमा के पाइयो भने करिब ९० प्रतिशतले स्विमिङ पुलमा पिसाब गर्छन् । व्यवसायिक पौडीबाजले समेत स्विमिङ पुलमै पिसाब गर्ने स्विकारेका छन् । विश्वका सर्वाधिक सफल पौडीबाज मायकल फ्लेपले समेत स्विमिङ पुलमा पिसाब फेरेको स्विकार गरेका थिए ।

यसर्थ सार्वजनिक एवं व्यवसायिक हेतुले सञ्चालन गरिएको स्विमिङ पुलमा लगेर पौडन दिन्छौं । तर, वर्षेझरीमा भिज्नसाथ चिसो लाग्छ कि भन्ने भय हुन्छ । वर्षेझरीमा भिज्दैमा त्यती धेरै भयभित हुनुपर्ने अवस्था हुँदैन ।

वालवच्चा पानीमा रमाउँछन् । उनीहरुलाई हामी पानीबाट अलग गरिरहेका हुन्छौं । पानी खेल्नै दिदैनौं । सानै उमेरदेखि नै उनीहरुलाई पानीको सम्पर्कमा रहन दिदैनौ । ‘पानीमा भिज्छ, चिसो लाग्छ’ भनेर उनीहरुलाई पानीबाट आतंकित बनाइरहेका हुन्छौं ।

वालवच्चा पानीमा रमाउँछन्

तपाईंले ध्यान दिनुभएकै होला, साना बालबच्चा पानीमा जति उमंगित हुन्छन्, अरु कुरामा त्यती हुँदैनन् । उनीहरुलाई निस्फिक्रि पानी खेल्न दिइयो भने रमाउँछन् । बच्चामा कतिपय मानसिक समस्या हुन्छ, त्यस्तो अवस्थामा उनीहरुलाई पानीको माध्यामबाट उपचार खोजिन्छ । पानीको सम्पर्कमा रहनु भनको प्राकृतिक उपचार पनि हो ।

तर, हामीले बालबच्चालाई पानीबाट अलग गराएका छौं । एक हदसम्म त ठिकै हो, पानीमा धेरै समय खेल्दा चिसो लाग्छ । लुगाफाटो भिज्छ । पानी पनि बर्वाद हुन्छ । तर, वर्षायामको पानीमा त्यती धेरै जोखिम हुँदैन ।

पानीमा खेल्दा निरोगी

आकासबाट पानी परेको बेला निश्चित समय बालबच्चालाई पानीमै खेल्न दिनुहोस् । पानीमा खेलिसकेपछि सफा पानीले नुहाइदिनुहोस् । तात्तातो झोल वा पानी सेवन गर्न दिनुहोस् । बालबच्चा अरु तगडा एवं निरोगी हुन्छन् ।

वर्षायाममा आकासे पानी सफा हुन्छ । धुलोधूँवाको कण हुँदैन । यस्तो पानीमा भिजेर उनीहरु रमाउँछन् पनि । उफ्रिन्छन् । खेल्छन् । घरभित्रै बस्ने बालबच्चालाई घरबाहिर खेल्न ल्याउने वाहना पनि हो यो । अहिले धेरैजसो बच्चाहरु मोवाइल खेलेर, टिभी हेरेर घर वा कोठाभित्र बस्छन् । उनीहरु घरबाहिर आउन रुचाउँदैनन् । पानी खेल्ने वाहनामा बच्चालाई घरबाहिर ल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment