+
+
Shares

तिनाउको बाढीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १०:३९

७ साउन, बुटवल । सोमबारदेखि परेको अविरल वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जानकारी गराएको हो ।

केन्द्रले बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

मंगलबार र बुधबार खासगरी कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केही शाखा नदीमा बहाव खतरा तहसम्म पुग्ने मौसमविदले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?