Comments Add Comment

भारतीय मोटरसाइकलसहित सामान बरामद

३ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १२ लाख रुपैयाँका विभिन्न सामान बरामद गरेको छ ।

कुखुराको मासु, सुर्ती, टाँगा, अटो रिक्सा र चार थान भारतीय मोटरसाइकल बरामद गरेको हो । चारवटा भारतीय मोटरसाइकल, एक/एक वटा अटो रिक्सा र टाँगामा ल्याउादै गरेको भन्सार छलीका सामान बरामद गरेको हो ।

त्यही क्रममा प्रहरीले ७५ किलोग्राम बोइलर कुखुराको मासुसमेत बरामद गरेको छ । बरामद गरिएको कुखुराको मासु भने प्रहरीले नष्ट गरेको छ ।

अन्य समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

प्रहरीले ती सामान बोक्न प्रयोग भएको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । अन्दाजी ८ लाख मुल्य पर्ने मोटरसाइकल छोडेर चालकहरु भने फरार छन् ।

सशस्त्र प्रहरीले मासु बोक्न प्रयोग भएको अटो रिक्सा पनि बरामद गरेको छ । यस्तै वीरगञ्ज-१६ रजतजयन्ती चोकबाट १३ हजार मुल्य बराबरको सुर्ती बरामद गरेको छ ।

रक्सौलतर्फबाट वीरगञ्ज अवैध रुपमा सुर्ती ल्याउादै गरेको टाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment