Comments Add Comment

‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

६ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्ने गरी विवाद भएको नभन्न आग्रह गरे्का छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्दकुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकाले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे ।

नेता पौडेलले भने, ‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नसक्ने खालका होइनन् । आन्तरिक रुपमा हामी हल गर्छौं ।’

पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘जनताको विश्वास जितेर अघि बढ्नुपर्छ । नेताहरुलाई मिलाएर जाने दायित्व छ । हामीले जनताको विश्वास जित्न सक्नुपर्छ ।’ उनले कम्युनिष्ट पार्टीमा सवर्गीय एकत्व हुनुपर्नेमा जोड दिए । उनले भने, ‘को सिनियर, को जुनियर ? भन्ने कुरा यो त पार्टीभित्रको स्वभाविक र जीवन्त प्रक्रिया हो । पार्टीका बैठकहरुमा यस्तैखाले कुराहरु हुन्छन् ।’

पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा सत्यता नभएको उनले जिकिर गरे ।

पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ पार्टीको सम्पत्ति भएको उनले बताए । नेता पौडेलले भने, ‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र ? ढुक्क हुनुहोस्, पार्टी एकीकरण धेरै कुरा भइसकेका छन् ।’

अर्का स्थायी समिति सदस्य आनन्दकुमार पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे । उनले तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको लक्ष्यमा भिन्नता नभएको पनि सुनाए ।

नेता पोखरेलले भने, ‘बैठकमा माधवकुमार नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाइयो । यसमा अतिशयोक्ति प्रचार भयो, हुन त यो मिडियाको आफ्नो धर्म पनि होला । तर बैठकमा पत्रकारहरु त हुनुहुन्थेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment