Comments Add Comment

कीर्तिपुरलाई पर्यटकीय शहर घोषणा गर्ने तयारी

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्रको ऐतिहासिक शहर कीर्तिपुरलाई पर्यटकीय शहरका रुपमा स्थापित गर्न नेपाल पर्यटन बोर्ड र कीर्तिपुर नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौताअनुसार कीर्तिपुरलाई ‘फर्स्ट सीटी वीथ ब्राण्डिङ’ को रुपमा घोषणा गरिने छ ।

बोर्ड र नगरपालिकाले कार्यविधि र रणनीति तयार गरी ६ महिनाभित्र ब्राण्डिङ सहितको पहिलो पर्यटकीय शहर घोषणा गर्ने तयारी थालेका हुन् । कीर्तिपुरलाई आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने गन्तब्यका रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्न लागेको बोर्डका सीइओ दिपकराज जोशीले बताए ।

कीर्तिपुर ऐतिहासिक सम्पदाको शहरका रुपमा पनि परिचित रहेको छ । नगरपालिकाका प्रमुख रमेश महर्जनले पर्यटनका माध्यमबाट कीर्तिपुर शहरको विकासमा धेरै काम गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment