
२४ भदौ, काठमाडौं । एपिएफका राष्ट्रिय च्याम्पियन दीपेश धामी र सेनाका रत्नजित तामाङले विजयी सुरुवात गरेका छन् ।
शीर्ष १६ वरियताका खेलाडीबीच पुरुष एकलको पहिलो खेलमा दिपेशले बाँकेका इरफान अन्सारीलाई २१–१४ र २१–१४ ले पराजित गरे । यता, रत्नजितले एपीएफका गौतम सिंह कठायतलाई १९–२१, २१–९ र २१–१४ को सेटमा जित निकाले । त्यस्तै, अर्को खेलमा रत्नजितले एपीएफका सुमन लिम्बुमाथि २१–१० र २१–१३ ले जिते ।
त्यस्तै, अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतम सिंह कठायतलाई १५–२१, २१–१९ र २१–१४ ले जित हात पारे । अर्को खेलमा सेनाका प्रफुल महर्जनले बाँकेका इरफान अन्सारीलाई २१–११ र २१–१५ ले पराजित गरे । पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१–१६ र २१–९ ले पराजित गरे ।
पुलिसका जीवन आचार्यले अर्को खेलमा एपिएफका सुमन लिम्बुलाई २१–१८ र २४–२२ ले, भोजपुरका बिकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१–१७ र २१–१४ ले तथा सेनाका रुकेश महर्जनले पुलिसका बिष्णु कटुवाललाई रिटायर्ड हर्टका आधारमा जित निकाले ।
प्रतिक्रिया 4