Comments Add Comment

‘गुड टच’ र ‘ब्याड टच’ : बालबालिकालाई सिकाउनै पर्ने कुरा

एक सर्वेक्षण अनुसार बालिकाहरुमाथि यौन हिंसा गर्ने प्रायः ठुला उमेरका आफन्तहरु नै हुने गरेेको पाइन्छ । स-साना बालिकाहरु आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् । त्यस्तो स्थितीको जिम्मेवार केही हद सम्म आमाबुबाहरु पनि हुन् ।

यदि आमा-बुबाले आफ्ना सन्तानसंग केही समय बिताएर यस बिषयमा खुलेर कुरा गरेमा मात्र बालिकाले सही र गलतको बारेमा बुझ्न सक्छन् । यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरुमा मात्र देख्छौं । प्रायः घरहरुमा किताबी ज्ञानलाई मात्र बढि महत्व दिने गरिन्छ ।

बालिकाहरुलाई किताबी ज्ञानको जति आवश्यक छ, त्यति नै बाहिरी ज्ञानको पनि आवश्यक हुन्छ । यस्ता ज्ञानले अपराधिलाई अपराध गर्नबाट रोक्न नसके पनि अपराध हुनबाट बचाउन त सकिन्छ ।

समय अनुसार बालबालिकाहरुलाई हामीले सही र गलत छुवाइ (गुड टच र ब्याड टच) को बारेमा बताउनु आवश्यक छ । बच्चालाई सधैं बच्चा जस्तो भएर सम्झाउनु आवश्यक छ । यदि तपाईं बच्चालाई यी कुराको बारेमा सम्झाउँदै हुनुहुन्छ भने एकान्त भन्दा सबै भएको ठाउँमा सम्झाउनु पर्छ । यसो गर्दा उनीहरुले सही र गलत टचको बारेमा राम्रोसंग सम्झन्छन् ।

हामीले बच्चासंग सधैं साथी जस्तो व्यवहार गर्नु पर्छ, यस्तो व्यवहारले बालबालिकाले तपाईंलाई सबै कुरा शेयर गर्न थाल्छन् ।

आज छोरीहरु घर बाहिर मात्र होइन घर भित्र पनि सुरक्षित छैनन् । विद्यालयको शिक्षामा पनि गुड टच र ब्याड टचको बारेमा नबताउनु पनि सबैभन्दा ठुलो गल्ति भएको छ । स्कुलमा बच्चाहरुलाई नाता सम्बन्धको मर्यादाको बारेमा त बताइन्छ । जुन सम्बन्धहरुका बीचमा आमा-बुबाले आफ्नो बच्चालाई सुरक्षित सम्झन्छन्, त्यहि नाता सम्बन्धका व्यक्तिहरुले बालिकाहरुसंग गलत क्रियाकलाप गर्छन् । जसका कारण धेरै बालिकाहरु मानसिक रोगको शिकार बन्छन् । त्यसैले बालिकाहरुलाई बाल्यकालदेखि नै सम्बन्ध र यौन सम्बन्धि शिक्षाको ज्ञान दिन अति नै आवश्यक छ । विशेष गरेर अभिभावकले आफ्ना बालिकाहरुलाई यस्ता कुराको शिक्षा दिन आवश्यक छ ।

अधिकांश मानिसहरु यौन शोषणका पछाडि पालनपोषणलाई दोष दिन्छन् । हो, यो पनि महत्वपूर्ण कुरा हो, तर यी सबै कुराहरुभन्दा पनि महत्वपूर्ण के हो भने हामीले बालबालिकाहरुलाई के देखाइरहेका छौं ? कस्तो वातावरण दिइरहेका छौं ? बालबालिकाहरुलाई बचाउनु छ भने उनीहरुलाई बाल्यकालदेखि नै सही र गलत कुराको ज्ञान दिनु पर्छ । बालबालिकाहरुलाई स्कूलमै छुट्टै क्लास दिनु पर्छ, जहाँ उनीहरुे सजिलै यो कुरा बुझ्न पाउन् र समय आएको बेला आफूलाई बचाउन सकून् ।

स्विम सूटमार्फत गुड टच र ब्याड टच

आफ्ना सन्तानहरुलाई गुड टच र ब्याड टचको बारेमा बताउनका लागि स्विम सूटको उदाहरण दिन सकिन्छ । उनीहरुलाई स्विमिङ गर्ने क्रममा लगाइने कस्ट्यूमले शरीरको जुन भाग ढाकिन्छ, ती नीजि अंग भएको तथा तीनलाई कसैले पनि छुन पाउँदैन भन्ने कुरा बुझाउनु पर्छ ।

बालबालिकाहरुलाई के पनि भन्नु पर्छ भने यदि कुनै व्यक्तिले उनीहरुका ती अंगहरुमा छोएमा अथवा छुने प्रयास गरेमा तुरुन्त आफ्ना बुवा-आमालाई अथवा स्कूलमा शिक्षकलाई भन्नु पर्छ भनेर सम्झाउनु पर्छ ।

सेफ टचका बारेमा जानकारी

बालबालिकाहरुलाई सेफ टचका बारेमा पनि बताउनु पर्छ । जस्तो, जब बालबालिकाहरुलाई आमा अथवा उनीहरुका डाक्टरले उनीहरुको शरीरलाई छुन्छन्, त्यो उनीहरुले शरीरमा कुनै प्रकारको समस्या त छैन भन्ने कुराको परीक्षण गरेका हुन्छन् । तर, डाक्टरले पनि आमा-बुवाको उपस्थितीमा मात्र बालबालिकालाई छुन सक्नेछन् । त्यसप्रकारको टच सेफ टच मानिन्छ । यसबाहेक अरु कसैले पनि उनीहरुलाई छुन अथवा कपडा खोल्नका लागि भन्न सक्ने छैन ।

आजको बढ्दो अपराधका अनुसार बालबालिकाहरुलाई ती सबै चिजहरु सिकाउनु तथा बताउनु निकै अनिवार्य भैसकेको छ । आजको समयमा बालबालिकाहरु जति खुलेर रहन्छन्, त्यति नै उनीहरुका लागि तथा तपाईंका लागि पनि राम्रो हुनेछ ।

यसरी बालबालिकालाई सिकाउने गुड टच र ब्याड टच

बाल-बालिकालाई सानै उमेरदेखि नै उनीहरुको शारीरिक संरचनाको बारेमा पुर्ण जानकारी दिनु पर्छ । बाल-बालिकालाई उनीहरुके गोप्य अंग कुन हो र यी अंगहरुलाई अरु कोहिलाई छुन दिनु हुँदैन ।

बालबालिकालाई उनीहरुको शरीरमा केवल उनीहरुको मात्र अधिकार हुन्छ र कसैले पनि ति अंगहरुमा जबर्जस्ती टच गन सक्दैन । यदि कसैले जबर्जस्ती टच गर्न खोज्छ भने तुरुन्त आफ्नो आमाबुबालाई बताउनु पर्छ भन्ने कुरा सिकाउनु पर्छ ।

बालबालिकालाई उनीहरुको शरीरको बनावटको बारेमा बताउनु पर्छ र ती कुराहरु बताउँदा सही भाषाकोे प्रयोग गर्नु पर्छ । यसको साथै बालक र बालिकाको शरीरको बनावटको भिन्नताका बारेमा पनि बताउने पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment