Comments Add Comment

बेलायतमा अध्ययन सकेका विदेशी विद्यार्थीलाई थप दुई वर्षको भिसा

२५ भदौ, काठमाडौं । बेलायतमा विभिन्न देशबाट आएर अध्ययन गरेका विद्यार्थीले दुई वर्षका लागि भिसा पाउने भएका छन् । गृह मन्त्रालयले बुधबार पूर्व प्रधानमन्त्री थेरेसा मेले लागू गरेको कडा नीति उल्टाउँदै यस्तो व्यवस्था गरेको हो ।

मेले लागू गरेको नीतिमा विदेशी विद्यार्थीले पढाई सकेको चार महिनाभित्र देश छोड्नुपर्ने प्रावधान थियो । अब भने उनीहरुले दुई वर्षसम रोजगारी गरेर वा त्यत्तिकै बस्न पाउनेछन् । प्रधानमन्त्री बोरिस जोन्सनले अर्को वर्षबाट नयाँ प्रावधान लागू हुने जानकारी दिए ।

‘बेलायतले विगतदेखि नै विदेशी विद्यार्थीहरुलाई अनुकुल वातावरण र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ र यसमा हामी गर्व गर्छौं,’ उनले भने, ‘आगामी दिनमा अझै धेरै विदेशी युवाहरुले यहाँ पढ्ने र काम गर्ने अवसर पाउनेछन् ।’

नयाँ नीति अन्डरग्राजुयट वा त्योभन्दा माथिल्लो तहमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लागू हुनेछ । रोजगारीका कुनै पनि क्षेत्रमा विदेशी विद्यार्थीलाई वञ्चित गरिने छैन । नयाँ नीतिबाट उल्लेख्य संख्यामा नेपालीहरु पनि लाभान्वित हुनेछन् । नेपालबाट हरेक वर्ष सयौंको संख्यामा बेलायत अध्ययनका लागि जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment