Comments Add Comment

प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध बोक्ने एक पक्राउ

३१ भदौ, वीरगञ्ज । बाराबाट प्रहरीले प्लाष्टिकको बाल्टिनभित्र अवैद्य लागूऔषध लुकाएर ल्याउँदै गरको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१३ फुलवरियाका १९ बर्षीय अलि हुसेन मियाँ धोवी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरका अनुसार अवैध लागूऔषध अनरेक्स १ सय एमएल ४० बोतल र निट्राभेट ट्याबलेट १५० थानसहित उनी पक्राउ परेका हुन् । उनले प्लाष्टिकको बाल्टिनको पिँधमा लागूऔषध राखी माथीबाट ग्रिसको लेप लगाएर ल्याएका थिए ।

प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले कलैया–१० स्थित कलैया–मटिअर्वा सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतको आदापुर तर्फबाट टेम्पो चढेर आउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तैगरि प्रहरीले कुटपीट मुद्धामा संलग्न एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–८ का इमरितप्रसाद लाल रहेका छन् ।

उनलाई तत्कालिन पुनरावेदन अदालत हेटौंडाको ०६७ पुस १२ गतेको फैसला आदेशले कुटपिट मुद्दामा १ महिना १५ दिन कैद र ९ सय ७५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसै बेलादेखि लुकीछिपी बस्दै आएका लाललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि वीरगञ्ज कारागार पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment